नियम २०५
मानार्थ बढुवा
: (१) यस नियमावली बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार भई बढुवा नहुँदै अवकास हुने अवस्थामा पुगेका प्रशंसनीय काम गर्ने प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायव निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई बढुवा समितिको सिफारिसमा सम्बन्धित अख्तियारवालाले एक तह माथिको दर्जामा मानार्थ बढुवा गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बढुवा हुने प्रहरी अधिकृतले यसरी बढुवा भएको पदको दज्र्यानी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ ।
(३) उपनियम (१) बमोजिमको बढुवा एक वर्षमा बढीमा दुई जनासम्मलाई गर्न सकिने छ ।